लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा

दाङ ।  लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिइएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिइएको हो ।

सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ ।

२१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस