विज्ञान शिक्षकहरूका लागि अभिमुखीकरण तालिम सम्पन्न

तुलसीपुर । विज्ञान शिक्षक समाज नेपाल (स्टान) तुलसीपुर नगर कार्य समितिको आयोजना तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरको समन्वय र डाँगी स्टेसनरीको व्यवस्थापनमा विज्ञान शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण तालिम तुलसीपुरमा सम्पन्न भएको छ ।

स्टानका अध्यक्ष रुपेश गुप्ताको अध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरका प्रमूख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाठ्यक्रम विज्ञ तथा विज्ञान पुस्तकका लेखक डा. चिन्तामणी पन्थीले कक्षा ८, ९ र १० को विज्ञान तथा प्रविधि विषयको निर्धारित पाठ्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाकाका सामुदायिक तथा संस्थागत विद्यालयका १०३ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । कार्यक्रममा स्टानका प्रदेश संयोजक गिरिराज लम्साल, स्टान लुम्बिनी प्रदेशक संयोजक मान बाहदुर बस्नेत, सल्हाकार विष्णु भण्डारी, विजय जिएम, तिलक साहु, थानेश्वर आचार्य, अरुण आचार्य, नोभा पब्लिकेसन्सका लुम्बिनी प्रदेश इन्चार्ज, डाँगी स्टेसनरीका तिर्थ डाँगीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा उपाध्यक्ष नारायण बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव दिपक ओलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस