लुम्बिनी प्रदेशमा सुवेदी र सापकोटा विजयी, १ सय ६ मत बदर

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी हुनुभएको हो । 


सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का तुलसाकुमारी केसीलाई पराजित गर्नुभएको हो । केसीले एक हजार ५३७ मतभार प्राप्त गर्नुभएको छ ।


अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित हुनुभएको छ । सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गर्नुभएको छ ।


जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय १२ मतभार प्राप्त  गर्नुभएको छ । १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानाएको छ ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस