सर्लाही । सर्लाहीको बरहथवामा प्रहरी र स्थानीय प्रदर्शनकारीबीच भएको झडपमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय बरहथवा–६ का जयशंकर शाह रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
शव अझै पनि स्थानीयकै नियन्त्रणमा रहेको र प्रहरीले स्थिति सामान्य बनाउन कोशिष गरिरहेको घिमिरेले बताए । स्थानीय अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर स्थानीयहरु नै दुई पक्षमा विभाजित हुँदा झडप भएको स्थानीय प्रसाशनले जनाएको छ।
बरहथवा–६ मा रहेको अस्पताललाई नगरपालिकाले स्तरोन्नति गर्ने कि प्रदेश सरकारले भन्ने विषयमा विवाद चर्किएको हो । हिजैदेखि स्थानीयबीच झडप हुनसक्ने आँकलन गरेको प्रहरीले आज सोचेभन्दा बढी भिड जम्मा भएकोले नियन्त्रण गर्न गाह्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।
झडपमा परी अरु केही स्थानीय र प्रहरीहरु पनि घाइते भएका छन ।


