दुधरास । बसको ठक्करबाट स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध भएको सडक संचालनमा आएको छ । पीडित पक्ष र यातायात व्यवसायीवीच गएराती ११ बजे सहमति भएपछि घोराही-तुलसीपुर सडक संचालनमा आएको हो ।
सोमबार दिउँसो चार बजेतिर घोराही-तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर-१८ दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ८ वर्षका उत्तम भनिने सागर चौधरीको मृत्यु भएको थियो ।
तुलसीपुर-१८ जनकल्याण माद्यमिक विद्यालयबाट घर फर्कदै गर्दा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको गरेको भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिएको हो । घटनापछि मृतक बालकका आफन्तले दुधरासमा गाडीमाथि तोडफोड गर्दै सडक अवरुद्ध पारेका थिए ।
गएराती अबेरसम्मको छलफलपछि सहमति भएर सडक अहिले संचालनमा आइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । तर शब आफन्तले बुझेका छैनन् ।
बालकको शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ ।


