तुलसीपुरको एक कस्मेटिक पसलमा आगलागी हुँदा एक लाख बढीको क्षती

तुलसीपुर । शुक्रबार दिउँसो तीन बजेको समयमा तुलसीपुरको एक कस्मेटिक पसलमा आगलागी हुँदा एक लाख बढीको क्षती भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घ लाइन स्थित श्रीधर ज्ञवालीको तीन तले पक्की घरको दोस्रो तलाको कोठामा रहेको राम्जान वकस मियाँको कस्मेटिक गोदाममा आगलागी भएको थियो । विद्युत तार सट भइ आगलागी हुँदा काउन्टर, नङ पालिस र रङ गरी एकलाख १० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षती नभएको र स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस