जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौँ । जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश आनन्द मोहन भट्टराई र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजालासले यस्तो आदेश गरेको हो ।

संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस