तुलसीपुर । नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर सुनिल शर्माले देशभरमा मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताएका छ्न । रिपोर्टस क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सम्पुर्ण मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको बताउँदै ९० प्रतिशत मेडिकल कलेज किनबेच भैसके र आगामी ३ बर्षमा बाँकी मेडिकल कजेलको अवस्था पनि उही हुने बताए । राज्य जिम्मेवार नहुँदा अध्ययनका लागि यहाँका ३० हजार विद्यार्थी विदेश गएको बताए । साथै सांसद शर्माले नेताहरु जनताप्रति, देशप्रति इमानदार हुनुपर्ने बताए । देशमा दैनिक जसो तस्करी र घुसपैठको काम भैरहको बताउँदै उनले ब्यक्तिका विरुद्धमा नभइ बेथितिको विरुद्धमा सबैले बोल्नुपर्ने बताए । उनले आवश्यकता आधारमा बजेट बिनियोजन हुनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद निमा गिरीले लुम्बिनी प्रदेश सरकारले महिलाको सम्मानको निम्ति महिलामैत्री कानुन बनाएको बताइन् । महिलाहरुको स्वास्थ्यको ख्याल राख्दै प्रदेशले महिला निजामती कर्मचारीहरुलाई महिनावारी विदा दिने निर्णय भएको बताउँदै यसको सिको अन्य प्रदेश र केन्द्र सरकारले पनि गर्नु पर्ने बताइन् ।
रिपोर्टस क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गरेका थिए ।


