दंगीशरणमा जग्गा नाप नक्साको काम अगाडी बढ्दै

दंगीशरण । दाङको दंगीशरण गाउँपालिकाले जग्गाको नाप नक्सा गर्ने कार्य तीव्रर पारेको छ । यसै क्रममा पालिकाले वडा नं. ४ बाट नाप नक्साको काम तिब्रताका साथ अगाडि बढाएको हो ।

बुधबार भुमिसम्बन्धी कामको पछिल्लो अवस्थाबारे जानकारी दिंदै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले कामलाई जतिसक्दो छिटो सम्पन्न गर्नतर्फ लाग्न अमिन सर्भेक्षकहरुलाई निर्देशन दिए । सो अवसरमा अध्यक्ष गिरीले गाउँपालिकाका ७ वटै वडामा गरी ५६ वटा ठाउँमा जिपिएस प्वाइन्ट राखिएको बताए । जग्गा नाप नक्सा गर्न जम्मा स्टेसन खरीद गरी कामलाई तिब्रताका साथ अगाडी बढाएको जानाकरी गराए ।

छलफल अवसरमै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले जग्गा नाप नक्सा कार्य पछि वर्षौदेखिको जग्गा सम्बन्धी समस्या समाधान हुने बताए । निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष गिरीले जग्गा नाप नक्सा गरि तत्काल लालपुर्जा वितरणका लागि पहल गर्ने समेत बताए ।

त्यस्तै पालिकाकी उपाध्यक्ष पिमा वली खड्काले नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् । उनले सबैको साथ र सहयोग भए मात्रै समयमै नाप नक्सा गर्ने कार्य सम्पन्न हुने बताउदै सानातिना विवाद भए वडामा गठित विवाद समाधान समिति मार्फत विवाद सुल्झाउन समेत सुझाव दिइन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले पालिकाको ७ वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइसकेको बताउदै निवेदन छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयोग दाङसँग समन्वय गरेर अन्तिम पटक पुनः निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गर्ने तयारीमा गाउँपालिका रहेको बताए ।

हाल पालिकाको वडा नम्बर ४ मा जग्गाको नाप नक्सा गर्ने काम भईरहेको छ वडा नं. ४ पश्चात वडा नं. ३ र ५ मा काम सुरुवात गरिने भुसेवा केन्द्र दंगीशरणका फोकल पर्सन बिनोद अधिकरीले जानकारी दिए ।

गाउँपालिका भरि ३८, सय ,१० जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन् । जसमध्ये ३४ सय एकाउन्न अब्यबस्थित बसोबासी, १ सय ९६ जना भूमिहिन सुकुमबासी, १ सय ६३ जना भूमिहिन दलितको आवेदन संकलन भएको लगत प्रविष्टकर्ता जुगमनि चौधरीले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस