आज तुलसीपुर र कपुरकोट क्षेत्रमा विद्युत नआउने

तुलसीपुर । तुलसीपुर क्षेत्रमा आज (शनिबार) विद्युत नआउने भएको छ । विद्युतको पोल तथा तारको वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले आज चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।

तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन र ११ केभि लाइन वरपरका रुखका हाँगा फडानी गर्नुपर्ने भएकाले लाइन कटौति गरिने तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताए ।

विद्युत प्राधिकरण तुलसीपुर वितारण केन्द्रले एक सूचना जारी गरी बालापुर, सुकौरा, भमके, एयरपोर्ट, कृष्णमन्दीर, मानपुर बिजौरी र सल्यानको कपुरकोट फिडर अन्तर्गतका सम्पूणर् क्षेत्रमा विद्युत अवरुद्ध जानकारी दिएको छ ।

यसअघि कार्तिक १८ गते सो क्षेत्रमा लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भन्दै प्राधिकरणले सूचना निकालेको थियो । तर कार्तिक १७ गते राती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर भुकम्प गएपछि लाइन कटौती स्थगित भएको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस