आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा पत्र बुझाएका हुन् ।

‘उहाँले भोलिदेखि लागुहुने गरी राजीनामा दिनु बुझाउनु भएको छ । ४ बजे तिर राजीनमा पत्र बुझाउनु भएकाले मन्त्रालयले उहाँको राजीनामा सनाखत प्रक्रियमा प्रवेश गरेको छैन,’ मन्त्रीको सचिवालयले भन्यो ।

थानीले राजीनामा व्याक्तिगत कारण देखाएका छन् । थानीले आफ्नो कार्यकाल सकिनु अगाबै पदबाट राजीनामा दिएका हुन्।

थानि २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । थानीले कार्यभार सम्हाल्दा घाटामा रहेको आयल निगम अहिले भने नाफामा रहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस