तुलसीपुर । दाङको घोराहीको गुरुकुल एकेडेमीले आफ्नो शाखा तुलसीपुरमा सेवा बिस्तार गरेको छ ।
आज तुलसीपुरमा प्रेसमिट गर्दै बिगत ८ बर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको छ ।
गुरुकुल एकेडेमीले थप शाखाको रुपमा लमही र तुलसीपुरमा एकै साथ पठनपाठन सन्चालन गर्ने लागिएको संस्थापक अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।
गुरुकुल एकेडेमीले शिक्षा,सस्कार र सस्कृतिको त्रिवेणी भन्ने नारासहित विसं २०७२ सालमा दाङको घोराहीमा स्थापना भएको गुरुकुल एकेडेमीले घोराहीको सफलता पछि तुलसीपुरमा पनि माग भएकोले सेवा विस्तार गर्न लागेको उनले जानकारी दिए।

घिमिरेले पछिल्लो समय बालबालिकाहरुमा पाठ्यपुस्तक सहित पुराना सीपसंगै जिवनउपयोगी शिक्षानै अहिलेको आवश्यकता भएकोले यसैलाई मुख्य जोड दिदै अहिले प्रविधिमैत्रि शिक्षा पनि अति आवश्यक भएको हुदा यसलाई मध्येनजर गर्दै गुरुकुल एकाडेमी अगाडि वढेको वताए ।
कार्यक्रममा गुरुकुल एकाडेमी घोराहीका प्रिन्सिपल डाक्टर कृष्णराज डिसी, तुलसीपुरका नवनियुक्त प्रिन्सीपल मुकुन्द गिरी, शिक्षाविद रामचन्द्र कंडेल, संस्थाका सिइओ जयन्त उपाध्याय, शिक्षाविद विष्णुकुमार देवकोटा, नेपाल पत्रकार महासंघ दाङ शाखा सह-सचीव दिप्तिशिखा चौधरीलगायतले बोलेका थिए ।
यहीँ शैक्षिकसत्रदेखी संचालन हुने तुलसीपुरको गुरुकुलमा प्लेग्रुप देखी कक्षा ९ सम्म भर्ना हुने बताइएको छ ।
गुरुकुल एकेडेमी तुलसीपुरका सन्चालक समिती सदस्य अभियान बस्नेतको स्वागत सहजीकरण प्लसटु कोर्डिनेटर निमानन्द गैरेले गरेका थिए।



