मध्यप्रदेशमा चुनाव जितेका ९० सांसदविरुद्ध आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

काठमाडौं– भारतीय राज्य मध्यप्रदेशको विधान सभामा निर्वाचित ९० सांसदविरुद्ध आपराधिक मुद्दा रहेका भेटिएको छ। एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्सले एक रिपोर्ट जारी गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो।

जम्मा निर्वाचित २३० विधायकमध्ये ९० विधायक अर्थात् ३० प्रतिशतविरुद्ध आपराधिक मुद्दा चलिरहेका छन्। तीमध्ये पनि ३४ जनाविरुद्ध गम्भीर मुद्दा चलिरहेका छन्। उनीहरु दोषी प्रमाणित भएको खण्डमा ५ वर्ष जेल सजाय हुने देखिन्छ।

उनीहरु आफैंले उम्मेदवारी दिँदा उक्त जानकारी दिएको बताइएको छ। आपराधिक मुद्दा भएकाहरुमा ५१ भारतीय जनता पार्टी र ३८ भारतीय कांग्रेसका रहेका छन् भने एक आदिवासी पार्टीका छन्।

विधायकहरुमध्ये ८९ प्रतिशत अर्थात् २०५ जना करोडपति छन्। बिजेपीका १४४ जना र कांग्रेसका ६१ जना सांसद्सँग करोडौंको सम्पत्ति छ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस