गन्यारी कृषि सहकारीको १४ औं साधारणसभा सम्पन्न

बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित गन्यारी कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन मंगलबार भएको छ ।

संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता र वडा नं. १८ का वडाध्यक्ष माधव वलीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख चौधरीले आर्थिक सशक्तीकरणमा सहकारीका लागि हामी सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले विश्वासले चल्ने सहकारी भएकाले हामी सबैको आनीवानीमा पनि सुधार हुन आवश्यक रहेको बताइन् । साथै उनले सहकारीप्रति आम मानिसको धारणा गलत बन्दै गएको र सबै सदस्यहरुले सहकारीबारे जानकारी फैलाउन आवश्यक ।हेको बताइन् ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष ओलीले सहकारी एउटा स्वरोजगारको पात्र भएकोले यसलाई उत्पादनमुखी, अर्गानिकरुपमा अगाडी बढाउनु पर्ने बताए । भारतबाट विषादीको मात्रा बढी प्रयोग भएका तरकारी नेपालमा आयात हुने भएकाले जानव स्वास्थ्यमा गम्भिर असर परिरहेको छ, जसलाई न्युनिकरण गर्न यस्ता सहकारीहरुले अर्गानिक तरकारी उत्पादन गरी निर्यात गर्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले कृषि सहकारीले अर्गानिक तरकारी खेतीमा जोड दिनुपर्ने बताए । सहकारीका सदस्यहरुको जीवनस्तर माथि उठाउनको लागि आफु सक्रिय रुपमा लागिरहेको बताए । उनले अहिलेको नेतृत्वले सक्रिय भइ लागिपरेको छ र पछि नयाँ नेतृत्व आयो भने अहिलेको जस्तो काम गर्न सहज वातावरण बन्दैन की भन्ने शंका लागेको बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका अधिकृत पृथ्वीराज लामिछाने, जिल्ला सहकारी संघका शुक्रराज भण्डारी, मुक्त क्म्लहरी विकास मञ्चकी केन्द्रीय सदस्य रुपनी चौधरी, पशुशाखा तुलसीपुरका भेटनरी अधिकृत नवराज रेग्मी, कृषि शाखा तुलसीपुरका बवी न्यौपाने, ओजरार कृषि सहकारी संस्थाका कमला चौधरी, डगर कृषि सहकारी संस्थाकी अध्यक्ष अंकिता चौधरी, साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष चित्र धिताल, बसन्त कृषि सहकारी संस्थाकी अध्यक्ष संगिता चौधरी, बुद्धिजीवी डिल्ली अधिकारी, साक्षी खबर पत्रिकाका सम्पादक राकेश बस्नेत, लगायतकाले मन्तव्य राखेका थिए ।

साधारणसभा कार्यक्रममा संस्थाकी कोषाध्यक्ष गिता चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाकी सचिव सम्झना चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी ऋण उपसमति संयोजक सिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक शुसिला चौधरीले गरेकी थिइन् ।

संस्थाको ५ औं अधिवेशन जारी रहेको संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस