ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल हुने

तुलसीपुर । तुलसीपुरमा ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर २८ गते देखि सुरु हुनेछ ।

२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा नं ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर खेल मैदानमा
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा २० बढी टिमको सहभागिता रहने अपेक्षा गरिएकोछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिए ।

साथै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार राखिएको एरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस