बिजौरी । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले गन्यारी कृषि सहकारी संस्थालाई प्याजको विउ प्रदान गरेको छ । केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले कृषि सहकारीकी अध्यक्ष लक्ष्मी चौधरीलाई प्याजको विउ र टनेल प्रदान गरेका हुन् ।
अनुसन्धान केन्द्रले १२ किलो रुकमेली प्याजको विउ र एक थान टनेल गरी १५ हजार ८ सय बराबरको सामग्री प्रदान गरेको सहकारीकी अध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिइन् ।
गन्यारी कृषि सहकारी सञ्चालक समितिका सदस्य अमृता चौधरी, चम्फी चौधरी र साक्षी खबर पत्रिकाका सम्पादक राकेश बस्नेतको उपस्थिति रहेको थियो ।
कृषि सहकारीले यस वर्ष अर्गानिक तिल्की धान उत्पादन गरी विक्रि गर्न सुरु गरिसकेको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार


