ललितपुरमा पनि ६ महिनाका लागि निषेधाज्ञा

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रजिअ पण्डितको भनाइ छ ।

उनले आजैदेखि लागू हुने गरी ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरेका हुन् ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस