शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । तिहारको तथा छठपछि सोमबार खुलेको शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । उतारचढावकाबीच बजार परिसूचक नेप्से एक अंकले मात्रै बढेर बन्द भएको हो ।

अधिकांश उपसुचक हरियो रहेको बजारमा विकास बैक र व्यापार समूहमा १ प्रतिशतको बृद्धि आउदा होटल तथा पर्यटन, उत्पादन र लघुवित्त समूह १ प्रतिशत बढीले ओरालो लागेका छन् ।

अरु समूहमा सामान्य अंकको वृृद्धि आयो । सोमबार २ सय ८४ कम्पनीको ३३ लाख कित्ता शेयर १ अर्ब ९ करोडमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । सोमबार १ सय १९ कम्पनीको मूल्य बढ्दा १ सय १३ कम्पनीको मूल्य घटेको छ ।

ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्तको ८, साहस ऊर्जाको ७।७ प्रतिशत मूल्य बढ्यो ।हाथवे इन्भेस्टमेन्ट कम्पनीको ७।२, खानीखोला हाइड्रोपावरको ६।३ प्रतिशत मूल्य बढ्यो ।

फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशत घट्यो । हिमालयन डिस्टिलरीको ७ र पिपुल्स हाइड्रोपावरको ५।३ प्रतिशत मूल्य घटेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस