तुलसीपुर । दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । आज दिउसो १२ बजेर २० मिनेट जादा तुलसीपुर ३ सातबासबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ४६१ नम्बरको जिप तुलसीपुर ७ सहकारी पेट्रोल पम्प नजिकै आफै अनियन्त्रीत भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर तुलसीपुर १ कल्लेका ३५ वर्षीय अम्मर बस्नेत, सोही ठाँउका ४५ वर्षीया अमृता घर्ति, पूजा बोहोराको ५ वर्षि छोरा निश्चल बोहोरा, २५ वर्षिय सुवास घर्ति रहेका छन् ।
यस्तै तुलसीपुर ३ सिद्धधाराका ३५ वर्षिय धनकुमारी घर्ति, ४० वर्षिया कमला घर्ति, ३४ वर्षिया शान्ती पुन, सोही वडाकै २२ वर्षिया रेजिना पुन, उहाँको छोरी ३ वर्षिय आमृता पुन रहेका छन् ।
यस्तै सल्यान कपुरकोट गाँउपालिका २ धैरेनीका २३ वर्षिय करण बोहोरा, जिप चालक तुलसीपुर ३ सातबास घर भई हाल तुलसीपुर ५ बसपार्क बस्दै आएका ४१ वर्षिय सुक बहादुर घर्ति रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाईते भएका व्यक्तिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्चार्ज भएकोे प्रहरीले जनाएको छ । जिपमा क्षमता भन्दा धेरै यात्रु सवार रहेका थिए । जिप प्रहरीले नियन्त्रणमा लिएको छ ।


