श्रीगणेश सामुदायीक वन निर्वाचन अपडेट


तुलसीपुर । श्रीगणेश सामुदायीक वनको नयाँ नेतृत्वका लागि मतदान भईरहेको छ ।

तुलसीपुर ७ गणेशपुरमा रहेको श्रीगणेश सामुदायीक वनमा अध्यक्ष, उपाध्यक्ष, सचव र सदस्य पदमा नेतृत्व चयनका लागि भएको मतदान जारी रहेको छ ।

जारी मतदानमा दिउँसो २ बजेर २० मिनेट जादासम्म ३ सय ७६ मत खसेको निर्वाचन समिती संयोजक लोकमणी पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार कुल ४ सय ७६ मतदाता संख्यामध्ये अहिलेसम्म सो संख्यामा मत खसेको हो ।

अब एकसय मत खस्न बाँकी रहेको उहाँले बताउनुभयो । अध्यक्ष पदमा बामदेव भण्डारी र यामलाल पराजुली चुनावी मैदानमा रहनुभएको छ ।

अध्यक्ष पदका उम्मेदवार भण्डारीलाई जनता समाजवादी पार्टी, नेकपा माओवादी, विप्लब र राष्ट्रिय जनमोर्चाको साथ सहेको छ ।

त्यस्तै अध्यक्ष पदका अर्का प्रतिष्पर्धी पराजुलीलाई नेपाली काङ्ग्रेस र नेकपा एमालेले साथ दिएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा कुलप्रसाद कालाथोकी र विजय सुबेदीका बिचमा प्रतिष्पर्धा भईरहेको छ ।

जसमा कालाथोकी भण्डारी प्यानलबाट रहनुभएको छ भने सुवेदी पराजुली प्यानलबाट हुनुहुन्छ ।

त्यस्तै सचिव पदका लागि भण्डारी प्यानलबाट दुर्गा शर्मा वली र पराजुलीको प्यानलबाट माया रिजालबिच प्रतिष्पर्धा भईरहेको छ ।

त्यस्तै सदस्य पदमा भण्डारी प्यानलबाट हरि प्रसाद रेग्मी, सरस्वती बस्नेत र सम्झना बिक रहनुभएको छ भने पराजुली प्यानलबाट ९ जनाको उम्मेदवारी परेको छ ।

जसमा लोकप्रसाद भण्डारी, वसन्ती पुन, शर्मिला नेपाली, तिलकराम भण्डारी, कमला भट्टराई, मोहन वली, हरिकला कठायत र जाल्पादेवी दमाई रहनुभएको छ ।

त्यस्तै कोषाध्यक्ष र सहसचिव पदमा भने सर्वसम्मत रुपमा चयन भईसकेको समेत उहाँले बताउनुभयो ।

संयोजक पोखरेलका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बुलुका ४ बजेसम्म जारी रहने छ ।
४ बजे मतदान पश्चात सर्बदलिय बैठक बसेर मतगणना सुरु हुने उहाँले बताउनुभयो ।

उहाँले सम्भबतः आजै राती अबेरसम्म मत परिणाम आउने गरि आफु लागिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस