तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले विद्युत कटौती गर्ने निणर्य स्थगित गरेको छ । गएराती जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएपछि विद्युत सप्लाई गर्नु पर्ने भन्दै विद्युत कटौती स्थगित गरिएको वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।
यस अघि शुक्रबार कार्यालयले तुलसीपुर र सल्यानको क्षेत्रमा विद्युत बन्द गर्ने निणर्य गरेको थियो ।
विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भन्दै प्राधिकरणले शनिबार आज साढे चार घण्टा विद्युत अवरुद्ध गर्ने बताएको थियो ।
तर राती भुकम्प गएपछि तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन वरपरका रुखका हाँगा काट्ने, सबस्टेसन मर्मत गर्ने कार्य हाललाई स्थगित गरिएको प्रमुख गोशलीले बताउनुभयो ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार


