बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीका अनुसार आज दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको हाे ।
मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको जनाएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार


