काठमाण्डाै । भिजिट भिसामा गएकाहरूले ओमानमा भिसा परिवर्तन गरी काम गर्ने भिसा लगाउन नमिल्ने भएको छ ।
गएको अक्टोबर ३१ देखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने निणर्य त्यहाँको सरकारले गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यसअघि भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने भएका हुन् ।
दूतावासले काम पाउने आसमा भिजिट भिसामा नआउन सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार


