काठमाडौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमले आज राती बजेपछि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया र डिजेलमा प्रतिलिटर ५ रुपैँया घटाएकाे छ ।
निगमले एक विज्ञप्ती जारी गर्दै स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।
नयाँ मूल्य सुचि अनुसार दाङमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैँया पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६७ रुपैँया पर्ने छ ।
प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार


