सल्यान बस दुर्घटना अपडेट:  घाइते सबैकाे पहिचान खुल्यो ।


सल्यान । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु  हुनेमा दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं  ६ का ३१ वर्षिय सुमित्रा  सुनार  र सल्यानको त्रिवेणी गाउँपालिका-६ का ४० वर्षिय अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा छत्रेश्वरी गाँउपालिका ४ खर्सुबासका ५३ वर्षीया चित्रा डाँगी, गाडी चालक शारदा नगरपालिका १० मदनाका २५ वर्षिय मेघराज कुँवर रहेका छन् ।

त्यस्तै घाइते हुनेमा त्रिवेणी गाँउपालिका ६ स्यालाका ५९ वर्षिया कुमारी चन्द, सोहि ठाँउका ६३ वषीय हुम बहादुर बस्नेत, त्रिवेणी गाँउपालिका ४ जयचौरका ३६ वर्षीय दल बहादुर डाँगी, सोहि ठाँउका ५० वर्षिया धनि बस्नेत , शारदा नगरपालिका ३ का २२ वर्षिया प्रतिमा कुँवर, १२   का २७ वर्षिया माया राना रहेका छन् ।

यस्तै  छत्रेश्वरी गाँउपलिका १ का २४ वर्षिय खड्ग बहादुर बिक, सोही ठाँउका २६ वर्षिया रुपा बिक, सेही ठाँउका १८ वर्षिया देवा बिक, ६० वर्षिय कमानसिंह विक, तुलसीपुर ६ स्याउली बजार ६० वर्षिय प्रेम बहादुर बुढा, तुलसीपुर ९ का २० वर्षिय प्रमोशन रिजाल र कपुरकोट ५ जामुनेका ७१ बर्षिया विनि साहु रहेको प्रहरीले जनाएको छ ।


घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा करिब १६ जना जति सवार रहेको प्रमुख कार्किले बताउनुभयो ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेकाे बसले अर्काे सवारीको साधनलाई साइड दिने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शिलाई उद्रिढ गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस