तुलसिपुर । दाङको मा.वि. तुलसीपुर सेन्टरले आज मंगलबारदेखि ‘एटीएम मेसिन’ संचालनमा ल्याएको छ । मंगलबारदेखि विद्यालय हाताभित्रै एनआईसी एसिया बैंकको सहकार्यमा ‘एटीएम मेसिन’ संचालनमा ल्याएको हो ।
विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई सहज तरिकाले बैंकिङ सेवा प्रभाव गर्नका लागि विद्यालय हाताभित्र एनआईसि एसिया बैंकको सहजिकरणमा एटीएम मेसिन संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो । साथै विद्यालय क्षेत्र आसपासका सम्पूणर् नागरिकलाई पनि मेसिनल बैंकिङ कारोबारमा सहजता प्रदान गर्ने बताउनुभयो ।
बार्षिक कार्ययोजना अनुसार एटिएम मेसिन विद्यालय हाताभित्र संचालन गर्ने उद्देश्य रहेकोमा आज त्यो पूरा भएको जिकिर गर्नुभयो । त्यस्तै उहाँले आगामी वर्षमा विद्यालय हाताभित्रै बैंकको क्यास काउन्टर पनि संचालनमा ल्याउने कार्ययोजना रहेको बताउनुभयो ।
यसैबिच विद्यालय हाताभित्र एटीएम मेसिन संचालनमा ल्याउने जिल्लाकै पहिलो विद्यालय पनि मावि तुलसीपुर सेन्टर बनेको छ ।
यसैबिच एनआईसी एसिया बैंक तुलसीपुर शाखा प्रमुख राजिव वलीले विद्यालय र विद्यालय आसपासका नागरिकलाई लक्षित गरेर विद्यालय हाताभित्र एटिएम मेसिन जडान गरिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लेखतराम पौडलको अध्यक्षतामा भएको कार्यक्रमको विद्यालयका संस्थापक अध्यक्ष नारायण प्रसाद रजौरेले उद्घाटन गर्नुभएको हो ।
यसैबिच, बिद्यालयले विभिन्न पाँच वटा प्राविधिक धारका विषयमा पनि अध्ययन गराउदै आएको छ । विद्यालयमा ‘डिप्लोमा इन इफरमेसन टेक्नोलोजि’, डिप्लोमा इन जियोमेटिक इन्जिनियररिङ’, इलेक्ट्रिकल इन्जिनियर कक्षा ९देखि १२सम्म, प्रि-डिप्लोमा इन इफरमेसन टेक्नोलोजि र प्रि-डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियर विषयका पढाइ भईरहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
गत बर्ष प्रि-डिप्लोमा इन इफरमेसन टेक्नोलोजी र प्रि-डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियर विषयमा ५० जनाको कोटा रहेकोमा यस वर्ष थप ३० जनाका गरी ८० को कोटा रहेको समेत बताउनुभयो ।
यस्तै प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीले पोसाक शुल्क बापत ५ हजार, यातायात खर्च ५२ हजार एक सय र विमा बापत दुई हजार रकम पाउनुका साथै निःशुल्क अध्ययन गर्न सक्ने समेत बताउनुभयो ।
विद्यालयले गत वर्ष मात्रै यो विषयको पढाइलाई संचालनमा ल्याएको हो ।


