दाङ ।
दाङको देउखुरीमा रहेको आदर्श नमुना माध्यामिक विद्यालयमा अध्ययनरत एक दृष्टिविहीन बालिकामाथि जबर्जस्ती करणी भएकाे छ ।
राप्ती गाउँपालिका-२ लालमटियामा रहेको आदर्श विद्यालयमा शिशु कक्षामा अध्ययन गर्ने सुस्त मनस्थितीका दृष्टिविहीन १३ वर्षीया बालिकामाथि करणी भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
करणी गरेको आरोपमा आर्दश विद्यालयका कार्यालय सहयोगी तथा बसका सह-चालक ४० बर्षिय रामबहादुर खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान ८ बजे विद्यालयबाट पक्राउ गरिएको उहाले बताउनुभयो ।
खनालाले भदौ ४ गते बालिकामाथि करणी गरेको प्रहरीमा जाहेरी परेको छ । विगत पाँच वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।


