दाङ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई अभिमुखीकरण गरेको छ । तुलसीपुर ७ मा रहेको सहकारीले शेयर सदस्यलाई सहकारी सम्बन्धि ज्ञानको जानकारी गराउन सहकारी शिक्षा सम्बन्धि तालिम प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीका करिब ४ सय जना शेयर सदस्यलाई आज सहकारी शिक्षा प्रदान गर्नुभएको हो । हाम्रो पहुँच सहकारीले शेयर सदस्यलाई सहकारी सम्बन्धि सचेतना दिन हरेक महिनाको अन्तिम दिनमा अभिमूखिकरण गर्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले शेयर सदस्य सहकारीमा आवद्ध भएरमात्रै नहुने भन्दै सहकारी सम्बन्धि ज्ञानको आवश्यकता पनि आवश्यक भएकाले हाम्रो पहुँचले शेयर सदस्यलाई अभिमुखीकरण गर्ने गरेको बताउनुभयो । तालिममा सहकारी, यसको अर्थ, बचत कसरी गर्ने लगायतका बिषयमा सदस्यलाई जानकारी गराइएको छ ।
सुचना तालिम शिक्षा तथा अध्ययन उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षतामा अभिमूखिकरण कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नु भएको हो । सहकारीमा अहिले करिब ४ हजार जना शेयर सदस्य आवद्ध छन् भने १ सय बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।


