स्वास्थ्य परिक्षण अब यातायात कार्यालयबाटै


दाङ ।
चालकको स्वास्थ्य परिक्षण अब यातायात ब्यबस्था कार्यालयबाट हुने भएको छ । यातायात व्यबस्था कार्यालय तुलसीपुरले सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मुल्यमा सेवा दिने भएको हो ।

कार्यालय प्रमुख रमेश गौतमले एक सुचना जारी गर्दै ७ गते बिहिबार भोलीदेखि कार्यालयको १३ नम्बर कोठाबाट ३८ रुपैयामै स्वास्थ्य परिक्षण सम्बन्धि सेवा दिने उल्लेख गर्नुभएको हो  ।


उहाँले अब कार्यालयबाटै सेवा उपलब्ध हुने भएपछि सेवाग्राीलाई सेवा प्रक्रियामा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस