दाङ । लुम्बिनी प्रदेशका दुइ जिल्लामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ।
आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीका अनुसार प्रदेश सरकार, मन्त्रिपरिषदको २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रबार रोल्पा र रुकुम (पूर्व) सार्वजनिक बिदा दिइएको हो ।
हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले पुर्ख्यौली पुजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।

दसैँमा जस्तै निम्तालु आदानप्रदान, खानपिन र हर्ष उल्लासका साथ मनाइने भुम्या पर्व परापूर्वकालदेखि १८ मगरात क्षेत्रमा बसोवास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो।
प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार


