लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीमा धनबहादुर मास्की

दाङ । लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री धनबहादुर मास्की(राजेश) भएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मास्कीलाई सोमबार आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

बजेटको तयारी गर्नुपर्ने भएकाले मास्कीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री चौधरीसँगै गत वैशाख १५ गते तीन जना मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। तर, तीनै जनालाई जिम्मेवारी तोकिएको थिएन ।

अन्य २ जना बिना विभागीय मन्त्रीलाई पनि मंगलबारसम्म मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

मास्की माओवादी केन्द्रबाट दाङ क्षेत्र नम्बर३(२)बाट निर्वाचित हुन् । मास्कीले आजै कार्यभार सम्हाल्ने छन् ।

मन्त्री थप गर्ने तथा भागबण्डाको विषयमा बुधबार मात्रै टुंगो लगाउने गरि तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस