कुटिचौर स्कुल, शैक्षिक गुणस्तरका लागि अभियान

कुटिचौर , विद्यालयको शैक्षिक सुधारकालागी तुलसीपुर उपमहानगरपालिका—१९ कुटिचौर स्थीत सामुदायिक विद्यालयले नयां अभियान सुरु गरेको छ । शैक्षिक सुधारमा विद्यार्थि, शिक्षक र अभिभावक एवं स्थानिय सरकारको  सहकार्यमा समेत विद्यालयको शैक्षिक गुणस्तर बृद्धिकालागी विद्यालयले अभियान थालेको हो ।

श्री नवजगरण माध्यमिक विद्यालय कुटेचौर तुलसीपुर १९ दाङको शैक्षिक गुणस्तर बृद्वि  गर्न सरोकार वाला बिच नवबर्ष २०८० को शुभकामना आदान प्रदान  तथा छलफल कार्यक्रम   वि.ब्य. स. अध्यक्ष श्री शारदा के.शि. को अध्यक्षतामा प्र.अ. गोपाल खड्काको उदघोषण प्रमुख अतिथि तुलसीपुर १९ का वडा अध्यक्ष श्री प्रेमनाथ योगी र सल्लाहकार खडक बहादुर वली को स्वागत मन्तब्य र कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।  उक्त कार्यक्रममा टोल विकाश संस्था,वन उपभोक्ता समुह, राजनैतिक दल, वडा सदस्यहरु शिक्षा प्रेमि र अन्य बुद्धिजिविहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा टोल विकाश संस्थाका अध्यक्षहरु शिवटोलबाट बाशुदेव के.शी., धरम पानीबाट वीर बहादुर पुन, रनीयापुरबाट चुर्ण बहादुर पार्धे,पत्थरपूरबाट बीर बहादुर वली, खरखरेबाट शशिधर शर्मा,बाँसगढीबाट टेक बहादुर बुढाथोकी, दोघरेबाट बीर बहादूर वली, सामुदयीक वनहरुबाट झरणाबाट राजकूमार बि.क. शान्ती कर्मकोटबाट पल बहादुर वली, कालिका मालिका किशान जलुकेबाट गद्दुलाल चौधरी, कालिका मालिकाबाट मन्जित ओली, राजनैतिक दलहरुबाट रा.प्र.पा.का बीर बहादुर मल्ल, ने.क.पा.(माओवादिकेन्द्र)बाट दुर्गा बहादुर बि.क.,ने.क.पा.(ए.मा.ले)का लोक बहादुर रोका,नेपाली काँग्रेसका पदम ओली वि.ब्य.स. कर्ण बहादुर ओली वडा सदश्यबाट राम बहादुर पौडेल र प्रमुख अतिथि वडा अध्यक्ष प्रेमनाथ योगीले नव बर्ष २०८० का शुभकामना ब्यक्त गर्दै आजको आबश्यकता शैक्षिक गुणस्तरमा सरोकारवालाको एकता अति आबश्यक भएको बताएका थिए ।

उक्त विद्यालयका भु.पू शिक्षक बिजय कुमार अधिकारीले बुवा र आमाको नाम बाट एक लाख बराबरको अक्षय काषको स्थापना गर्ने बचनवद्धता व्यक्त गरेका  थिए ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस