काठमाडौं । उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी भएका छन् ।
उनी जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका थिए । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले संघमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गरिन् ।
जनमत पार्टीकी ममता झाले संघमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गरिन् । यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गरेकी छिन् ।
प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार


