काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । त्यसपछि २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि चुनिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गरेकी छिन् । भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ । भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदै छन् ।
गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित भएका हुन् । नौ दलीय गठबन्धनको सहयोगमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार


