प्रचण्डको प्रस्ताव : रास्ट्रपति ठुलोदललाइ दिऔ

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दललाई राष्ट्रपति दिन प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्तावलाई संसदमा रहेका ८ दलले समर्थन गरेका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साझ बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले संसदको सबैभन्दा ठूलो दललाई राष्ट्रपतिमा समर्थन गरौं भन्ने प्रस्ताव प्रचण्डले नै प्रस्ताव गरेका जानकारी दिए ।

आठ दलको निर्णयसँगै राष्ट्रपति कांग्रेसले पाउने पक्का भएको छ । कांग्रेसले उम्मेदवार बारे निर्णय गर्न शनिबार बिहानकश लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने बताएको छ । 

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिको बेला राष्टपति एमालेले लिने सहमति भएको थियो ।

उक्त सहमतिबाट माओवादी पछि हटेपछि राष्ट्रपति कांग्रेसको पोल्टामा गएको हो ।

बालुवाटारमा ८ दलको बैठकअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो कुराकानी गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिवार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ । उम्मेदवार भने कांग्रेसले निर्णय गर्नेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस