बेलझुण्डि । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डी दाङमा भब्य स्वागत गरिएको छ । अहिले सवा ११ बजे दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्विवद्यालयमा अवतरण गरेकी हुन् ।

राष्ट्रपतिलाई सुचना तथा संचार मन्त्री रेखा शर्मा , विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछाने , लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन लगायतकाले स्वागत गरेका थिए ।

विश्वविद्यालय अन्तरगत शिक्षण अस्पतालको भवन उद्घाटन गर्नकालागि राष्ट्रपति दाङ आएकी हुन् ।

विश्वविद्यालयको १०८ कोठे भवन ५ बर्ष अघि निर्माण भएको थियो ।


प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार


