छिल्लीकोट(दाङ) । ऐतिहासीक धार्मिक एवं पर्यावरणिय पर्यटकिय क्षेत्र छिल्लीकोटमा मालिका मन्दीर र कालिका मन्दीरलाइ जोड्न केवलकार सन्चालनको प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न पाचौं घुम्ति बैठकमा यस्तो प्रस्ताव गरिएको छ ।
पालिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखरु सम्मिलित बैठकले केवलकार सन्चालनकालागी नेपाल सरकार पर्यटन वोर्डलाइ सिफारीस गर्ने निर्णय भएको घुम्ति बैठकका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले सन्चारकर्मिहरुलाइ बताएका छन् । दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तरपालिका घुम्ति बैठकमा छिल्लीकोटलाइ घोराही तुलसीपुर सडकबाट जोड्न बैकल्पिक सडकको आवस्यकता रहेको पनि निर्णय भएको छ । त्यसकालागी सिमेन्ट उद्योग खानी क्षेत्र पहुच सडकको विकल्पमा पर्यटकिय मार्ग विजौरीबाट छिल्लीकोट सम्म पुर्याउनकालागी प्रदेश तथा संघिय सरकार समक्ष अनुरोध गर्ने पनि निर्णय भएको छ ।

वाइसे चौविसे राज्यका रुपमा स्थापित छिल्लीकोट दाङ सल्यान र रोल्पाको समेत माल अड्डाका रुपमा चिनिन्छ । तात्कालिन राजा मेघनाथ सिहले राज्य गरेको छिल्लीकोट ऐतिहासीक मात्र नभएर धार्मिक तथा पर्यापर्यटकिय क्षेत्रका रुपमा पनि चिनिन्छ । विश्वकै दुर्लभ मानिने सुगन्ध कोकिलाको वनले प्रख्यात छिल्लीकोट सयौं प्रजातिका चराहरुको बासस्थान तथा हजारौं जडिबुटिको क्षेत्रका रुपमा पनि प्रख्यात छ । यहांका स्थानियबासीले एउटै सुगन्ध कोकिलाको बोटबाट दुइ लाख रुपैया सम्म बार्षिक आम्दानी गर्दै आएका छन् । अदुवा र टिमुरकालागी पनि छिल्लीकोट उर्वर भुमि हो । उत्तर तर्फ फकेको पाखा क्षेत्रमा मात्रै सुगन्ध कोकिला अर्थात मालागेडिको राम्रो खेती बन्न सक्छ ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाको व्यवस्थापनमा सम्पन्न बैठकले तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेका अशल अभ्यासहरुको समिक्षा गर्दै अन्य पालिकाहरुका साझा समस्याका विषयमा पनि बृहत छलफल गरेको छ । अन्तरपालिका बैठकमा दंगिशरण र तुलसीपुरलाइ जोड्ने तुइ सोतामा निर्माणाधिन पुल क्षेत्रमा जग्गाको स्वामित्व विवाद भएकाले जिल्ला समन्वय समितिले सहजीकरण गर्ने पनि प्रस्ताव गरिएको थियो । त्यसैगरी तुलसीपुर र शान्तिनगरलाइ जोड्ने एकली खोलामा पुल निर्माणमा पनि दुवै पालिकाको समन्वय बनाउन पनि जिल्ला समितिले सहजीकरण गर्नुपर्ने सुझाव दिइएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी सुशिल बैद्धले जिल्ला समन्वय समितिको आयोजनामा सुरु भएको यो बैठक एउटा नौलो अभ्यास भएको भन्दै साझा एजेण्डालाइ हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । साथै जिल्लाको समग्र शान्ति सुरक्षा एवं शुसासनकालागी स्थानिय सरकार सवैभन्दा प्रभावकारी हुने भएकाले साझा मुद्धामा सवैको सहकार्यको अपेक्षा गरे । बैठकको आतिथ्यता एवं व्यवस्थापन गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका स्याउलापानीमा रहेको जग्गाको स्वामित्व विवाद मिलाउन जिल्ला समन्वय समितिले भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । विसं २०२८ शालमा नापी हुंदा त्यस क्षेत्रको नापी गोलमाल रहेको छ । त्यहांका कम्तिमा ५० परीवारको आफुले भोगचलन गर्दै आएको जग्गा सहि स्थानमा छैन । लालपुर्जा भएको जग्गा उपभोग नगरेर ती चालिसै घर परीवारले अर्काको जग्गा जोतभोग गर्दै आएका छन् । यो गम्भीर त्रुटि तत्काल समाधान गर्न पनि मेयर खड्काको आग्रह थियो ।


