तुलसीपुर । तुलसीपुरमा पिकअपले ठक्कर दिंदा पैदल यात्रु घाइते भएका छन् ।
आइतबार दिउँसो साढे १ बजेको समयमा तुलसीपुरबाट रक्षाचौर तर्फ जादै गरेको रा १ च ९३८ नं को पिकअप जीपले ठक्कर दिंदा पैदल यात्रु तुलसीपुर ५ रानिजरुवा निवासी ५० वर्षीया तुलसा पुन घाइते भएकी छिन् ।
पुनलाई दाहिने खुट्टा र कम्मरमा भित्रि चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । घाईते पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी निरिक्षक केसीले जानकारी दिए ।
पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको साथमा आवश्यक कागज केही नभएको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार


