२५ पुसमा प्रतिनिधि सभाको अधिवेशन आह्वान

काठमाडौं । प्रतिनिधि सभाको अधिवेशन आउँदो पुस २५ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी छिन् । 

संविधानको धारा ९३ को उपधारा १ बमोजिम सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावबाट यस वर्ष संसदमा १२ वटा राजनीतिक दल र चार जना स्वतन्त्र सांसद विजयी भएका छन् ।

सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस