धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा कायम

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा भोलि (शनिबार) बिहान सम्म कायम रहने भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना निकालेर निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने बताएका छन् ।

हिजो (बिहीबार) बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेपछि प्रशासनले निषेधाज्ञा लगाएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस