दाङ क्षेत्र नं. मा दीपक गिरी विजयी

दाङ । दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरी प्रतिस्पर्धी एमालेका कोमल वली भन्दा ७ हजार ८ सय १० मत ल्याएर विजयी भएका हुन् ।

गिरीले ३६ हजार ८ सय ४२ मत ल्याएका छन्, भने वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी १५ हजार ३ सय मत ल्याएका छन् ।

गिरी दोस्रो पटक संसदमा प्रवेश गरेका छन् । गिरी २०५१ सालमा एमालेका शंकर पोखरेलसंग हार ब्यहोरेका थिए, भने २०६४ सालमा माओवादीका शुष्मा शर्मा घिमिरेसंग हार ब्यहोरेका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा भने गिरीले तत्कालिन एमालेका नेता दिवंगत उत्तरकुमार वलीलाई हराउँदै विजयी भएका थिए ।

उनीसंगै दाङ ३ अन्तर्गतका दुई वटै प्रदेशसभामा गठबन्धनले विजयी हाँसिल गरेको छ । क्षेत्र नं. ३(१)बाट काँग्रस नेता डिल्लीबहादुर चौधरी र क्षेत्र नं. ३(२)बाट माओवादी केन्द्रका नेता धनबहादुर मास्की विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस