दाङ ३ (ख) प्रदेश सभा सदस्यमा मास्की निर्वाचित

दाङ। दाङ निर्वाचन क्षेत्र नं ३ (ख) प्रदेशसभा तर्फमा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।

गठबन्धनका साझा उम्मेदवार रहेका मास्कीले २२ हजार ३२१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत प्राप्त गरेका थिए ।

माओवादीका मास्कीले एमालेका बस्नेतलाई २१६३ मतान्तरले पराजित गरेका हुन् ।

मास्कीलाई प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि हेरिएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्माका अनुसार मास्कीभन्दा पछि डिभिजन कमाण्डर भएकाहरु कोही मुख्यमन्त्री भइसकेका र कोही मन्त्री भइसकेको भन्दै अब मास्की मुख्यमन्त्रीको लाइनमा रहेको बताए । मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाएका छन् । उनी जनयुद्धका चर्चित कमाण्डर पनि हुन् ।

त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १ सय ५९ राजन डाँगीले १ सय २०, भुपबहादुर विकले १ सय १८ मत ल्याएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस