दाङ २ मा गठबन्धनबाट रेखा शर्माको अग्रता कायमै

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माको सुरुवाती चरणदेखि अग्रता कायमै रहेको छ।

४ हजार ४ सय ९६ मत गन्दा ६०६ मतले रेखाले अग्रता लिएकी छिन् । शर्माले २१५४ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले १५४८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी ५८१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस