बिजौरी / आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरू आकाश खुल्ने प्रतीक्षा मा रहेका छन। मंगलबार राती देखि परेको लगातार वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको छ ।
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार


