तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले ४३ औँ राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । शनिबार नगरस्तरीय पर्यटन तथा संस्कृति प्रवद्र्धन समितिको बैठकले असोज ११ गते राष्ट्रिय पर्यटन दिवस भब्यताका साथ मनाउने निर्णय गरेको हो ।
बैठकले तुलसीपुरमा रहेको पर्यटकीय क्षेत्रकारुपमा परिचित राप्ती शान्ति उद्यानमा पर्यटन दिवस गर्ने भएको छ । दिवसलाई भबयताका साथ मनाउनका लागि विभिन्न जातजातिको सांस्कृतिक झाँकी जुलुस सहितको र्याली निकालिने भएको छ ।
दिवसमा सांस्कृतिक पहिचानका नृत्य प्रस्तुत गर्नेहरुका लागि पुरस्कारको ब्यवस्था गरिने भएको छ । यस्तै यातायात र होटेल ब्यवसायीलाई समेत सम्मान गर्ने निर्णय गरेको छ ।
यस्तै नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले दिवसलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न संघ संस्था, विद्यालय, विभिन्न समुहहरुलगायत पर्यटन प्रवद्र्धनमा लागि परेकाहरुलाई झाँकी जुलुसमा सहभागिता जनाउनका लागि नाम दर्ता गर्न आग्रह गर्न आग्रह समेत गरेको छ ।
बैठकको सहजीकरण पर्यटन शाखाकी यशोदा वलीले गरेकी थिइन् ।


