सञ्चारकर्मी एचआर मगरमाथि दुर्व्यवहार, कारबाहीको माग

दाङ । सञ्चारकर्मी एचआर मगरमाथि दुर्व्यवहार भएको छ । मंगलबार तुलसीपुुर ७ स्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)मा रिपोर्टिङ्का लागि गएका मगरको पार्क ब्यवस्थापन समितिका सदस्यहरुले दुर्व्यवहार गरेको बताएका छन् ।

पार्कको भिडियो खिच्ने क्रममा पार्क ब्यवस्थापन समितिका सदस्यहरुले हातपात गरेको उनले बताए ।

मगर प्रेस सेन्टर नेपाल दाङका साधारण सदस्य समेत हुन् । यस घटनाका दोषीमाथि कडा भन्दा कडा कारवाही गर्नुपर्ने प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष राकेश बस्नेतले बताए ।

समाचार रिपोर्टिङ गर्न पाउनु पत्रकारको अधिकार भएको भन्दै त्यसमा कुण्डित गर्ने कार्य गलत भएको समेत बस्नेतले बताए ।

अनलाईन टिभि पत्रकार संघले पनि मगरमाथि भएको घटनाको निन्दा प्रकट गरेको छ । साथै दोषीलाई कारवाहीको माग गरेको छ ।

त्यस्तै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दाङले पनि एक विज्ञप्ती जारी गरी सञ्चारकर्मी मगर माथि हातपात गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

‘पार्कको घिडियो खिच्ने क्रममा पार्क व्यवस्थापन समितिका सदस्यहरुले गरेको हातपात र दुर्व्यवहारको हामी घोर भ्रत्सना गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ‘समाचार संकलन गर्न गएका सञ्चारकर्मी माथि भएको यस प्रकारको गुण्डागर्दी शैली र प्रेस स्वतन्त्र विरोधी हर्कत तत्काल बन्द गर्न पार्क व्यवस्थापन सम्बद्ध समितिका सदस्यहरुलाई चेतावनी दिन चाहन्छौं’ सेन्टरका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस