दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

दाङ । दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिइन् ।

मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।

दाङमा पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् । डेंगुका विरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा ४ सयभन्दा बढी डेंगुको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस