`डगी डान्स ´नाच्ने बबईका कर्मचारीले माफी मागे

तुलसीपुर।  दाङको बबई गाउँपालिकाले सञ्चालनमा ल्याएको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले गरेको ‘डगी डान्स’ बाट आलोचित बनेपछि माफी मागेका छन् ।

विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसँग अनुमति लिएर उनीहरुले तिज बिशेष कार्यक्रम गरेका थिए । खानपिन कार्यक्रमसंगै नाचगान पनि थियो ।

कार्यालयको पोशाकमै रहेकै क्रममा अस्पतालमा कार्यरत कार्यालय सहयोगी सन्ध्या बुढाले उक्त नाच प्रस्तुत गरेकी थिइन् । त्यो नाच प्रिङ्का वलीको मोवाईलमा खिचिएको थियो । खिच्दा टिकटकमा नहाल्ने सहमति थियो । तर, प्रिङ्काले त्यसलाई आफ्नो टिकटकमा राखेपछि उनीहरु आलोचित भएका हुन् ।

कार्यालयको पोशाकमै रहेकाले त्यो टिकटक हटाउन उनीहरुले पटक–पटक अनुरोध गरे । तर, प्रिङ्काले मानिनन् ।

टिकटकबाट भिडियो बाहिरिदा धेरै टिकाटिप्पणी भएपछि स्वास्थ्यकर्मीहरुले सामूहिक रुपमा माफी मागेका छन् । विहीबार उनीहरुले टिकटकबाटै माफी मागेका हुन् ।

उनीहरुले गीत र भिडियो भुलबस पोष्ट भएकोमा माफी मागेका हुन् । सामाजको आफ्नो दायित्व नभुल्ने र मर्यादामा रहेर सेवा गर्ने जिम्मेवारीबाट आफूहमरु बिमुख नभएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस