तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेका माधव वली विजयी भएका छन । वडामा सानदार मतका साथ उनकाे प्यानल नै विजयी भएको छ ।
उनि १९३६ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि गठबन्धनका उम्मेदवार पुर्ण डाँगीले १११५ मत प्राप्त गरेका थिए ।
वली ८२१ मतान्तरका साथ विजयी भएका हुन । यस्तै महिला सदस्यमा जुगन्या चाैधरि , दलित महिला सदस्यमा बसन्ति नेपाली ,खुल्ला सदस्यहरु सितल बुढा र धन बहादुर बस्नेत विजयी भएका हुन ।
वडामा दलित महिला सदस्य वाहेक अन्य सबै २०७४ काे निर्वाचनमा पनि विजय भएका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार


