दाङ । दाङको भालुवाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् ।
प्रहरीका अनुसार उनलाई पूर्व–पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।
प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार


